arrow

वाफको फाइनलमा सबैभन्दा सफल खेलाडी सावित्राले नखेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
sabitra-bhandari-samba-2024.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालकी सबैभन्दा सफल स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनशिपको फाइनलमा नखेल्ने भएकी छिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा फ्रेन्च क्लब इभि गुइनगाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने बताएको हो । 

 एन्फाले सावित्रालाई गुइनगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा बिहीबार हुने फाइनल खेल फिफा विन्डोपछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने जानकारी दिएको छ ।

फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो । बिहीबार २९ तारिख भएकाले जोर्डनविरुद्ध हुने फाइनल खेलमा सावित्रा नखेल्ने भएकी हुन् । 

फाइनल खेल बिहीबार राति ९ः४५ बजेदेखि शुरु हुँदैछ । नेपालले सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । 

 सावित्रा जारी वाफ प्रतियोगितामा सर्वाधिक ९ गोल गरेर सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ