arrow

२ नम्बरका नेताले ५ नम्बरकाे कुरा गर्ने–आउनुस् मसँग फेस गर्नुस् : सांसद थारु

स्वायत्त मधेस प्रदेश हुनै सक्दैन, स्थानीय तहभित्र स्वायत्त क्षेत्र हुन सक्छ

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
baijanath-tharu-new.jpeg

काठमाडौं । संविधान संशोधनका विषयमा दलीय सहमति जुटाउन सत्ताधारीले विपक्षी र असन्तुष्ट पक्षसंगको परामर्शलाई तीब्रता दिएको छ । यद्यपि, संशोधनको आधार अझै तयार हुन सकेको छैन । प्रदेशको सीमाङ्कनका विषयलाई लिएर सत्ताधारीभित्रै मनमतान्तर देखिएको छ भने विपक्षीले सीमाङ्कनको विषय संशोधन गर्नु पर्ने औचित्य खोजिरहेको छ ।

सत्ताधारी माओवादी केन्द्रभित्र प्रदेशको सीमाङ्कनकै विषयमा दुई थरी मत आएको छ । माओवादी केन्द्रका केही नेता तथा सांसदहरुले सीमाङ्कज नमिले ८ प्रदेशमा जान सकिने समेत भनेका छन् । तर, माओवादीकै अधिकांश नेताहरु सीमाङ्कन चलाउन नहुनेमा अडिग छन् ।  

यस्तै, गएको कार्तिक २८ र २९ गते काठमाडौंमा बसेको माओवादी केन्द्रको प्रदेश ५ को बैठकमा नेताहरुबीच तातो बहस चल्यो । केहीले प्रदेश ५ को सीमाङ्कन हेरफेरमा मिलाउनै नसकिने भए एक प्रदेश थपेर ८ प्रदेश बनाउनु पर्ने सुझाव दिए ।

छलफलमा रहेको भनिएको संशोधन प्रस्तावमा सरकारले प्रदेश नम्बर ५ मा रहेका गुल्मी, अर्घाखाँची र पाल्पालाई प्रदेश नम्बर ४ मा र रुकुम, रोल्पा र प्युठानलाई प्रदेश नम्बर ६ मा मिलाउने उल्लेख गरेको बताइँदै छ । माओवादीका केही नेताहरुले अहिलेको प्रस्ताव भन्दा एक कदम अघि बढेर ती जिल्लाहरुलाई मिलाई आठौं प्रदेश बनाउन सकिने समेत बताएका छन् ।

प्रमुख विपक्षी एमालेका नेताहरुले भने प्रदेश ५ को विषयमा आफ्नो प्रदेश कमिटीमा छलफल भइसकेको भन्दै आफुहरुको धारणा सीमाङ्कन संशोधन आवश्यक नरहेकै भन्ने हो भनेका छन् । एमाले उपमहासचिव विष्णु पौडेलले पाँच नम्बर प्रदेशको सीमाङ्कन चलाउनेमा सम्झौता गर्न नसक्ने र प्रदेश ५ का नागरिकले समेत आवश्यकता महशुस नगरेको बताए ।

एमालेकै नेता एवं सांसद बैजनाथ चौधरी थारुले अहिलेकै प्रस्तावित संरचना उत्तम रहेको बताएका छन् । हाम्राकुरासँग उनले भने, ‘प्रदेश ५ लाई चलाउने भनेर विभिन्न चरणमा छलफल भएका छन् । तर, औपचारिक रुपमै संसद र संसदीय समितिहरुमा छलफल भएको छैन ।’ हामीले हाम्रो धारणा सार्वजनिक गरिसकेका छौं । सांसद थारुले थपे, ‘सीमाङ्कन संशोधन आवश्यक छैन भन्ने हाम्रो आधिकारिक धारणा हो ।

हाम्रो प्रदेशको बैठकको निष्कर्ष पनि त्यही हो ।’ दाङ्, प्युठान, सल्यान, रोल्पामा हामीले कार्यक्रम गरेका छौं । म भरखर त्यहीबाट आउँदै छु, उनले भने, ‘त्यहाँ जतिपनि छलफल भयो । सबैले प्रतावित प्रदेश नै ठिक छ । यसलाई फुटाउन हुँदैन भनेका छन् ।’ माओवादीकै आधार क्षेत्र भनिएको रोल्पामै हामीलाई दिइएको सार्वजनिक विज्ञप्तिमै माओवादीका नेताहरुले नै हस्ताक्षर गरेका देख्यौं । ताकि प्रदेश ५ टुक्र्याउनु हुँदैन भनेर एक ढिक्का छौं भन्ने व्यहोरा थियो विज्ञप्तिमा,–सांसद थारुले भने ।

हामी सीमाङ्कनमा कुनै सम्झौता गर्दैनौं, उनले भने, ‘यो बनिबनाउ कुरा हो । आठौं प्रदेश माग्ने कुरा अन्य दलको दुःखेसो हो । हामीले प्रस्ट पारिसकेका छौं । यो भन्दा अरु हुँन सक्दैन भनेर ।’

२ नम्बर प्रदेशमा बसेर ५ नम्बरको पहिचानका कुरा गर्ने !
पहिचानको कुराबारे सांसद थारुले आक्रोश पोखे । उनले भने, ‘ २ नम्बर प्रदेशमा बसेर ५ नम्बर प्रदेशको अधिकार र स्वायत्तता एवं पहिचानको कुरा गर्न मिल्छ । स्वायत्त मधेस प्रदेश हुनै सक्दैन । स्वायत्त क्षेत्र तल्लो तह (स्थानीय)मा हुन सक्छ ।’

प्रदेशमा कुनै पनि हालतमा कुनै जात जाती वा समुदायको पहिचान खोजेर समृद्धि खोज्नु कोरो कल्पना मात्रै हो–उनले भने । ७ प्रतिशत थारु रहेको क्षेत्र नै थारु स्वायत्त हुन सक्दैन । थारुको सानो युनिट स्वायत्त हुन सक्छ । तर, त्यसभित्र पनि पहिचानको लडाई गर्नु आवश्यक छैन ।

विस्तारमा उनले भने, ‘अहिले प्रस्तावित ७ प्रदेशमा मैले प्रतिनिधित्व गर्ने नवलपरासी टुक्रिएको छ । तर, त्यहाँ कोही कसैले चित्त दुखाएका छैनन् ।’ ठालूगिरी गरेर हुँदैन । जन चाहाना र समय चक्र हेर्नु पर्छ । समयको गतिशीलतालाई ध्यान नदिई पुरातनवादी सोंचले राज्यलाई गुम्राहमा राख्नु हुँदैन ।

ती दलका नेताहरुलाई मेरो चुनौती छ, के कारणले ५ नम्बर फुटाउने–मसँग फेस गर्नुस् !
पहिचान र बहुराष्ट्रिय राज्यको कुराले कन्सेरीका रौँ तातिएको बताउँदै सांसद थारुले भनेका छन्, ‘कुनै एक प्रदेशमा कसैको पहिचान झल्काउन खोज्नु भन्दा पहिले साधन स्रोतको उपयोग कसरी गर्ने र नागरिकको राज्यसँगको पहुँच कसरी विस्तार गर्ने भन्ने प्रमुख कुरा हो । समृद्धि त्यहाँ छ । कुनै जात विशेषको पहिचानमा कहाँछ समृद्धि । मलाई थारु भएकै कारण थारुवान मागेर भोलि तराई लोभ भएको हेर्न मन छैन ।’

प्यूठानी रोल्पालीले तराईको के खाइदिएका छन् ? प्रश्न गर्दै उनले भने, ‘म ती दलहरुलाई चुनौती दिन्छु । के कारणले ५ नम्बर प्रदेश छुट्टिनु पर्छ । भावनामा आएर मुलुक वर्वाद पार्न खोज्ने । उ जमानाको सोभियत संघको परिकल्पना अहिले देखेर हुन्छ ? ।’ मधेस केन्द्रीत दका नेताहरुप्रति संकेत गर्दै उनले थपे, ‘ती दलका नेताहरुलाई मेरो चुनौती छ ।

२ नम्बरका नेताहरुले ५ को कुरा गरिरहेका छन् । मसँग फेस गर्नुस् । प्रदेश ५ मा आएर यसकारण यो प्रदेश अलग हुनुपर्छ भनेर भन्न सकुन् ।’ प्रदेशमा झिनो पहिचान खोजेर मुलुकको समृद्धि देख्नुलाई कति बुद्धिमानि भन्ने ? थारुले प्रतिप्रश्न गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ