arrow

साफ यू–१६ महिला फुटबलमा भारतले भुटानलाई हरायो, नेपालले शनिबार बंगलादेशसँग खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
u16-india-bhutan-24.jpg

काठमाडौँ । भारतले शुक्रबारदेखि काठमाडौँमा शुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ । 

भारतले भुटानलाई ७–० गोल अन्तरले पराजित गरेको हो । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न यस खेलमा भारतका लागि अनुष्का कुमारी र पर्ल फर्नानडेजले २–२ गोल गरेका थिए भने श्वेता रानी, अन्विता रघुरमण र योंग टिग्रेसेसले एक एक गोल गरेका थिए ।

 प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी हुँदै छन् । प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शिर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् ।

 नेपालले शनिबार बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ