arrow

दुई हजार बढीले हेरे रोजगार मेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १९ शनिबार
rojgar-mela-pokhara.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले शुक्रबार आयोजना गरेको रोजगार मेलामा २ हजार भन्दा बढीले अवलोकन गरेका छन् ।

मेलामा विभिन्न १२ वटा स्टल राखिएको थियो । जसमा विद्यार्थीदेखि स्थानीयले अवलोकन गरे ।

जब फेयरमा इन्फोम्याटिक्स कलेजका विद्यार्थीले आफूले तयार पारेको सामग्री प्रदर्शन गरेका थिए ।

वडामा नै उत्पादित वस्तुसमेत स्टलमा राखिएको थियो । जब सेन्टरबाट आवश्यकता अनुसारको जागीरका लागि परामर्श दिइएको थियो ।

मेला उद्घाटन गर्दै माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले जब फेयरमार्फत् स्थानीय नागरिकलाई रोजगारी मिल्न सहज हुने विश्वास व्यक्त गरे ।

पछिल्लो समय युवाहरू विदेश जाने गरेका कारण आवश्यक दक्ष जनशक्ति हराउँदै गएको अवस्थामा जब फेयरले देशमा नै केही गर्न सकिन सन्देश प्रवाह गर्ने धारणा राखे ।

वडाध्यक्ष किरण बरालले वडामा रहेका कोही पनि युवालाई रोजगार सिर्जना गर्ने उद्देश्यले रोजगार मेला गरिएको बताए ।

उनले आगामी वर्ष पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताए ।

वडाको भौतिक विकास सँगै सामाजिक, आर्थिक, नैतिक र शैक्षिक विकासमा समेत ध्यान दिइएको उनले उल्लेख गरे ।

वडा सदस्य सरिफ अलिमियाँले स्वागत गरेको कार्यक्रमलाई वडाका सचिव अञ्जु गुरुङले सञ्चालन गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ