arrow

बेपत्ता तामाङ मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १९ शनिबार
Seti Nadi.jpg
तस्बिर-फाइल

पोखरा । माछा मार्नेक्रममा पोखराको सेती नदीले बगाउँदा गत आइतबार रातिदेखि बेपत्ता भएका एक जना मृत अवस्थामा भेटिएका छन् ।

पोखरा महानरपालिका वडा नं १ सिम्पानी बस्ने रक्से भनिने सार्की लामा तामाङ (मानबहादुर तामाङ) शुक्रबार बिहान ९ः४० बजे पट्नेरीस्थित सेती नदीमा मृत अवस्थामा फेला गरेका हुन् ।

उनी नदीमा डुबेको र ढुंगामा अड्किएको अवस्थामा फेला परेको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।

रक्सेसँगै माछा मार्न गएका मंगा तामाङ भने आइतबार राति नै मृत अवस्थामा भेटिएका थिए । साथै अन्य ३ जना सकुशल छन् ।

बिहीबार सेती नदी ड्याम खोलेर पानीको बहाव बढाएर समेत रक्सेको खोजी गरिएकोमा अवस्था पत्ता लाग्न सकेको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ