arrow

झापा गोल्डकपमा सशस्त्रको विजयी शुरुआत 

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० फागुन १९ शनिबार
6th-jhapa-goldcup.jpg

झापा । झापाको बिर्तामोडमा छैटौँ झापा गोल्डकप फुटबल शुरु भएको छ । बिर्तामोडको डोमालाल रंगशालामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको विभागीय टोली एपीएफ विजयी भएको छ । एपीएफले संकटा क्लबलाई पराजित गरेको हो । 

निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा एपीएफ ४–२ ले विजयी भयो । संकटाका खेलाडीको लगातार दुई  पेनाल्टी प्रहार विफल भएपछि एपीएफले ४–२ को अन्तरले जित हासिल गरेको हो ।

खेलको म्यान अफ द म्याच एपीएफका गोल किपर एञ्जल श्रेष्ठ घोषित भए ।

सभामुख देवराज घिमिरेले उद्घाटन गरेको गोल्डकपमा ‘ए’ डिभिजन क्लबसहित १० टोली सहभागी छन् । 

आइतबारको खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज बीच हुनेछ ।

यति ब्रुअरी मुख्य प्रायोजक एवं अन्तर्राष्ट्रिय झापाली समाज  सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ ।

मोफसलको सर्भाधिक चर्चित फुटबल प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ हात पार्ने छ भने उपविजेताले नगद रू ७ लाख प्राप्त गर्नेछ ।
 
 साथै प्रतियोगिता अवधिभरको मोस्ट भ्यालुएबल प्लेयरलाई एक थान मोटरसाइकलसमेत प्रदान गरिने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ