arrow

साफ यू–१६ महिला फुटबलमा नेपालको खराब शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १९ शनिबार
u16-nep-bang-24.jpg

काठमाडौँ । नेपालले साफ यू–१६ महिला फुटबल प्रतियोगितामा खराब शुरुआत गरेको छ । नेपाल पहिलो खेलमा शनिबार बंगलादेशसँग पराजित भएको हो । 

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो । बंगलादेशको जितमा दुवै गोल सौरभी प्रितीले गरेकी थिइन् । 

शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानलाई ७–० गोल अन्तरले पराजित गरेको थियो ।

अब प्रतियोगिताको अर्को खेल सोमबार भुटान र नेपालबीच हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ