arrow

केपी ओली कपको उपाधि मछिन्द्र क्लबलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
kpoli-cup-machhindra.jpg

काठमाडौँ । केपी ओली कप फुटबलको उपाधि मछिन्द्र क्लबले जितेको छ । मछिन्द्रले फाइनलमा एनआरटी क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै उपाधि जितेको हो । 

पेनाल्टी सुटआउटमा एनआरटीका विवेक गुरुङले पेनाल्टी मिस गरेपछि खेल मछिन्द्रले जितेको हो । मछिन्द्रले लगातार दोस्रो पटक केपी ओली कप जितेको छ । 

निधारित समय ९० मिनेटको खेलमा दुवै क्लबले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो । 

बिहीबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ