arrow

दोहोरो नागरिकता र राहदानी बनाउने गुरुङ पक्राउ 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० फागुन २० आइतबार
arrest1.jpg
तस्बिर – फाइल ।

काभ्रेपलाञ्चोक । काभ्रे र काठमाडौँबाट दोहोरो नागरिकता र राहदानी बनाउने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी  कार्यालय काभ्रेले काठमाडौँ  महानगरपालिका ४ स्थायी ठेगाना भएका राजु गुरुङलाई पक्राउ गरेको हो । 

उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्ला प्रहरी कार्यालय काभ्रेमा आवश्यक अनुसन्धानको लागि पठाएको जिल्ला प्रहरी  कार्यालय काभ्रेले जनाएको छ । 

उनले साविकको भरतपुर उपमहानगरपालिका ९ ठेगाना राखेर दुई जिल्लाबाट नागरिकता र राहदानी बनाएको पाइएको छ । 

गुरुङले काभ्रेको बनेपा नगरपालिका वडा नं १४ बाट नागरिकता प्रमाणपत्र नम्बर ३०–०१–७४–१०९७७ को जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नागरिकता र सोही नागरिकताको आधारमा राहदानी लिएका थिए । 

यस्तै काठमाडौँ महानगरपालिका वडा नं ४ बाट नाप्रनं २७१०६०–१२०२०५ को काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकता र सोही नागरिकताको आधारमा राहदानी लिएको पाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ