- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसबाट नेतृत्व गरेर सरकारमा गएका मन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवासँग गम्भीर छलफल गरेका छन् । उनीहरुले सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा गएर गम्भीर छलफल गरेका हुन् ।
विशेषगरी प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक कुरा फेर्दै आफू अनुकूल माहोल बनाउन थालेपछि कांग्रेसका मन्त्रीहरु असन्तुष्ट देखिएका हुन् ।
प्रचण्डले कहिले हालको गठबन्धनलाई पाँच वर्षसम्म लैजाने पनि भन्ने तर साइडमा नेकपा एमालेसँग पनि उत्तिकै निरन्तर छलफल गरी कांग्रेसलाई जतिसक्यो पेल्ने नीति लिएपछि कांग्रेसका मन्त्रीहरु झस्किएका हुन् ।
सरकार सञ्चालनका विषयमा पटक पटक मतभेद भएपछि मन्त्रीहरुले सभापतिलाई यसबारे गम्भीर ब्रिफिङ गरेका हुन् । एक मन्त्रीका अनुसार सभापति देउवासँग गठबन्धन तोडिन सक्नेसम्मको छनक पाएकोसमेत जानकारी गराएका छन् ।
गठबन्धन नटुक्रने भए सामूहिक राजीनामा दिन पनि तयार रहेको बताएका उनले पछिल्लो समय प्रचण्डको गतिविधि आफूहरुको राजीनामाबाट रोकिने अवस्था नहुने देखिएकाले सभापतिसँग गम्भीर छलफल गरेको बताए ।
प्रचण्डले अर्थमन्त्रीसँग पटक पटक असहमति भएको चर्चा गर्ने गरेको र मन्त्री मोहनबहादुर बस्नेत झण्डावाल गाडी लिएरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गएको बारेसमेत असन्तुष्टि जनाएका थिए ।