arrow

टीआरसी विधेयक वार कि पार गर्न बालुवाटारमा विपक्षी दलका नेतासँग प्रचण्डको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
prachanda-oli-ravi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक सर्वसम्मत पारित गर्नका लागि प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्ष दलका प्रमुख नेताहरुसँग छलफल गरेका छन् । 

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गरेका हुन् । 

टीआरसी विधेयकलाई सर्वसम्मत बनाउने गरी प्रचण्डले गम्भीर पहल थालेका हुन् । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न आइतबार बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले दुई बुँदामा सहमति जुटाइसकेको छ । 

सहमति जुटाएर सोमबार बिहान समितिको बैठक बसेर विधेयक पारित गर्ने तयारी भएको छ । सोका लागि प्रचण्डले विपक्ष दलका नेताहरुसँग सहयोग मागेका हुन् । 

सँगसँगै उनले गठबन्धन गर्नेबारेसमेत पनि चासो राखेको बुझिएको छ । यद्यपि बालुवाटार स्रोतले भने अहिले टीआरसी विधेयकलाई सर्वसम्मत पारित गरेर अगाडि बढ्नका लागि प्रचण्ड लागेको बताएको छ । 

तर पछिल्लो समय प्रचण्ड प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग रुष्ट हुनु र ओलीसँग पटक पटक गोप्य वार्तामा रहनुले पनि गठबन्धनमा कम्पन जाने खतरा औँल्याइएको छ । 

टीआरसीमा वार कि पार गर्नका लागि प्रचण्डले सकभर सर्वसम्मत गर्ने र नभए बहुमतका आधारमा भए पनि अगाडि बढ्ने योजना बनाएको बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ