arrow

मोटरसाइकल वर्कसप सञ्चालकहरु पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
Kaski Police.jpg
फाइल तस्बिर

पोखरा । कास्की प्रहरीले पोखरास्थित ८ जना मोटरसाइकल वर्कसप सञ्चालकलाई पक्राउ गरेको छ ।

स्वरुप परिवर्तन गरी चलाइएका ६ सय ८१ मोटरसाइकल नियन्त्रणमा लिएर सार्वजनिक गरेलगत्तै प्रहरीले वर्कसप सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका वर्कसप सञ्चालकहरु मोटरसाइकलको स्वरुप परिवर्तनमा संलग्न रहेको प्रहरीको आशंका छ ।

प्रहरीले नियन्त्रणमा लिएका वर्कसप सञ्चालकमा पोखराको सृजनाचोकस्थित ३६० मोटर्सका सुशिल भुजेल, सिमलचौरस्थित पोखरा कस्टुमका सागर झाँक्री, बुम इन्फिल्ड सर्भिस सेन्टरका मोहम्मद रुस्तम, नयाँबजारस्थित रोयल इन्फिल्ड शोरुमका शुकबहादुर गुरुङ छन् ।

यसैगरी लामाचौरस्थित रहो चौधरी मोटरसाइकल वर्कसपका महेन्द्र चौधरी, रानीपौवास्थित न्यू दीपज्योति अटो पाट्र्सका मन्जर नासिम, दीपक वर्कसपका सन्दिप भगत, मालेपाटनस्थित क्लासिक मोटरसाइकलका विनोद विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलकाे स्वरुप परिवर्तनसम्बन्धमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ