arrow

मन्त्रिपरिषद् पुनर्गठन

पुराना मन्त्रीलाई फिर्ता पठाउँदै प्रचण्ड, नयाँले आजै शपथ लिने

एकीकृत समाजवादी अन्योलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
prachanda-pm-final-always.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । कांग्रससँगको गठबन्धन फेर्दै आजै उनले एमालेसहितका दलको सहकार्यमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका हुन् ।

प्रचण्डले नयाँ मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्  । योसँगै पुराना मन्त्रीलाई प्रचण्डले फिर्ता पठाउने भएका छन् । 

कांग्रेससँगको गठबन्धन सरकारमा हाल पूर्णबहादुर खड्क - रक्षा, नारायणकाजी श्रेष्ठ - गृह , डा. बेदुराम भुसाल - कृषि तथा पशुपंक्षी विकास, धनराज गुरूङ - कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका थिए । 

साथै अशोककुमार राई  - शिक्षा, विज्ञान तथा प्रविधि , शरतसिंह भण्डारी  - श्रम, रोजगार तथा सामाजिक सुरक्षा,  प्रकाशशरण महत - अर्थ,  महिन्द्र राय यादव  - खानेपानी, शक्तिबहादुर बस्नेत  - ऊर्जा, जलस्रोत तथा सिँचाई , नारायण प्रकाश साउद - परराष्ट्र, रेखा शर्मा सञ्‍चार तथा सूचना प्रविधि छन् । 

 यस्तै  मोहनबहादुर बस्नेत  - स्वास्थ्य तथा जनसङ्‌ख्या , सुदन किराती - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन , प्रकाश ज्वाला - भौतिक पूर्वाधार तथा यातायात , रञ्जिता श्रेष्ठ  - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण , रमेश रिजाल  - उद्योग, वाणिज्य तथा आपूर्ति , सिता गुरूङ - शहरी विकास , डिगबहादुर लिम्वु  - युवा तथा खेलकुद , सुरेन्द्रराज आचार्य - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक , वीरेन्द्रप्रसाद महतो  - वन तथा वातावरण , अनिता देवी  - सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुशिला सिर्पाली ठकुरी - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका थिए । यी सबै मन्त्री आजै फिर्ता हुने भएका हुन् । 

नयाँ सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) सहितका दल समावेश हुनेछन् । नेकपा एकीकृत समाजवादी भने अन्योलमा रहेको छ । 

एमालेले आजै पदम गिरीलाई सरकारमा पठाउने भएको छ ।  नयाँ मन्त्रिपरिषद्मा अरू दलबाट मा एक-एक जना मन्त्री बन्दै छन् । उनीहरुले आजै शपथ लिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ