arrow

नयाँ गठबन्धनमा पद बाँडफाँट गर्न बालुवाटारमा तीन दल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
maobadi-uml-rsp-80.jpg

काठमाडौँ । नयाँ गठबन्धनमा पद बाँडफाँटका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलको बैठक जारी रहेको छ । एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक चलिरहेको हो । 

बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुनेहरुको नामावलीबारे छलफल गरिएको छ । आजै एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेका छन् । 

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले जसपासँग पनि मन्त्री बन्नेहरुको नाम मागेका छन् । बैठकमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल सहभागी  छन् । 

त्यस्तै माओवादीबाट प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र वर्षमान पुन रहेका छन् । रास्वपाबाट सभापति रवि लामिछाने रहेका छन् । 

लामिछाने पुनः गृहमन्त्री हुने गरी र वर्षमान अर्थमन्त्री हुने गरी सरकारमा जान लागेको बताइन्छ । एमालेबाट पदम गिरी सानो आकारको मन्त्रिमण्डलमा सहभागी हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ