arrow

राप्रपालाई नयाँ गठबन्धनमा सहभागी नगराउने माओवादी र एमालेको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
lingden-abarodh.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नयाँ गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नसमेटिने भएको छ । नेपाली कांग्रेससँग गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेलाई समेत समेटेर बनाएको नयाँ गठबन्धनमा राप्रपा नसमेटिने भएको हो । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको आफ्ना नेताहरुलाई बताएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि राप्रपालाई नयाँ गठबन्धनमा नलिने बताएका छन् । अजेन्डा नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नसमेट्ने समझदारी भएको ओलीको भनाइ छ । 

एमालेकै सहयोगमा राप्रपाले प्रतिनिधि सभाको निर्वाचनमा राम्रो सिट जितेको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ओलीकै समर्थनमा दुई पटक प्रतिनिधि सभा चुनाव जितिसकेका छन् । 

यसअघिको एमाले सम्मिलित गठबन्धनमा राप्रपा सहभागी भएको थियो । तर सरकारबाट पहिले नै हात झिकेको थियो । 

राप्रपा भने आन्दोलनमा होमिएको छ । राजसंस्था र हिन्दूराष्ट्र बनाउने अजेन्डा बोकेर राप्रपा आन्दोलित हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ