arrow

अठार गते सेतीमा बेपत्ता विद्यार्थीलाई खोज्न २२ गते बाँध खोलेर खोजी गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
Seti Nadi.jpg
फाइल तस्बिर

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले भोलि मंगलबार पनि सेती नदी बाँध खोल्ने भएको छ । नदीपुरस्थित सेती नदी माथिको पुरानो पुलबाट हामफालेर १ विद्यार्थी बेपत्ता भएपछि उनको खोजीका लागि सेती बाँध खोल्न लागिएको हो ।

नदीमा पानीका बहाव बढाएर वेपत्ताको खोजी गर्न लागिएको छ । मंगलबार बिहान १० देखि दिउँसाे २ बजेसम्म बाँध खोलिने हुँदा सेती नदी आसपास नजान र सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. ११ का १६ वर्षका सुगम बास्तोला फागुन १८ गते साँझ ५ः३० बजे सेती नदीमा हामफालेकोमा हालसम्म नभेटिएको प्रहरीले जनाएको छ । आफन्तको आग्रह बमोजिम बाँध खोलेर बास्तोलाको खोजी गर्न लागिएको हो ।

सुगम पोखराको नदीपुरस्थित बाल मन्दिरमा कक्षा १० मा अध्ययनरत थिए । उनी फागुन १८ गते विद्यालयबाट घर फर्किनेक्रममा सेतीमा हामफालेको बताइएको छ ।

स्रोतका अनुसार उनकी आमाको २ वर्ष अघि नै निधन भइसकेको छ । उनका बुबा र २ बहिनी छन् ।

प्रहरीले सेती नदीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि यसअघि २ पटक बाँध खोलिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ