arrow

तीन जनाले बिना विभागीय मन्त्रीको शपथ लिँदै, पद बाँडफाँटका लागि बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
maobadi-uml-rsp-80.jpg

काठमाडौँ । सोमबार बनेको नयाँ सत्ता गठबन्धनबाट तीन जनाले मन्त्रीले शपथ लिने भएका छन् । नेपाली कांग्रेसलाई माओवादी केन्द्रले छाडेपछि बनेको नयाँ सत्ता समीकरणअनुसार एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट डोलप्रसाद अर्यालले शपथ लिने भएका हुन् । 

तीनैजना बिना विभागीय मन्त्री बन्न लागेका हुन् । 

पद बाँडफाँटको टुंगो नलागेपछि यसअघि शपथ लिने भनिएका रास्वपाका सभापति रवि लामिछाने, माओवादी नेता वर्षमान पुन र जसपाका अध्यक्ष उपेन्द्र यादवको शपथ रोकिएको हो । 

बाँडफाँटका लागि नयाँ गठबन्धन दलका नेताहरु बैठक बस्दैछन् । 



नयाँ