arrow

एपीएफ झापा गोल्डकपको सेमिफाइनलमा 

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० फागुन २१ सोमबार
jhapa-goldcup-apf-bagmati.jpg

झापा । सशस्त्र प्रहरीको विभागीय टोली एपीएफ क्लब झापाको बिर्तामोडमा जारी  छैटौँ अर्ना झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा बागमती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै एपीएफ विजयी भएको हो । खेलको म्यान अफ द म्याच एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले नगद ११ हजार प्राप्त गरे ।

एपीएफले यसअघि उद्घाटन खेलमा संकटा क्लबलाई पराजित गर्दै क्वाट{रफाइनलमा स्थान बनाएको थियो । 

२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । 

छैटौँ संस्करणको झापा गोल्डकपको विजेता टिमले १३ लाख तथा उपविजेताले सात लाख रुपैयाँ पाउनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ