arrow

सरकार बन्दै

मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउन कार्यदलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
maobadi-uml-rsp-80.jpg

काठमाडौँ । आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । 

बैठकमा मन्त्रालय बाँडफाँड टुङ्गो लगाउने बारेमा निर्णय गर्ने बताइएको छ । 

मन्त्रीहरूको बाँडफाँडका लागि एमालेबाट महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ खटिएका छन् । 

यसअघि सोमवार बिना विभागीय मन्त्रीको रूपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्रीको शपथग्रहण गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ