arrow

कांग्रेससँगको गठबन्धन भत्काउने ओली

ओलीको छुचो व्यवहार नसुध्रिए प्रचण्डले पुनः कांग्रेससँग गठबन्धन गर्दैनन् भन्न सकिँदैन : वामदेव [भिडियो]

प्रचण्डको व्यक्तित्वलाई सम्मान भएन, ओली प्रधानमन्त्री प्रचण्डको कुर्सीमा बस्दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
oli-prachanda-remake.jpg

काठमाडौँ । कम्युनिष्ट नेता वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको छुचो व्यवहारमा नसुध्रिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः कांग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने बताएका छन् । 

मंगलबार उनले अहिलेको सत्ता गठबन्धन टिकाउनका लागि ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने र प्रचण्डले अहिलेको जस्तो अस्थिरता कम्युनिष्ट गठबन्धनपछि देखाउनु नहुने बताए ।

उनले अहिले अप्रत्याशित रूपमा सत्ता गठबन्धनको नयाँ समीकरण बनेको भन्दै कम्युनिष्टहरु कम्युनिष्ट नै भएर अघि बढ्नुपर्ने सुझाव दिए । उनले कांग्रेस पनि बिपीको सिद्धान्तबाट विचलित नभई आफ्नो सिद्धान्त मिल्नेहरूसँग अघि बढ्न आवश्यक रहेको बताए । 

उनले भने, ‘ गल्ती गरिएछ पनि नभन्ने । भाषण गर्दा पुरानो अवस्थाका कुराहरू कोट्याउने, मैले गरेको ठिकै थियो भन्ने । आफूबाट आफैँ हट्ने स्थिति भयो । अहिले पनि त्यस्तै भयो भने स्थिति फरक हुन्छ । किनभने कांग्रेसहरु चेतेका छन् । जे भन्छन् पाँचै वर्ष प्रधानमन्त्री प्रचण्डलाई भनेर हातखुट्टा सबैले सही छाप दिन तयार हुन्छन् । केपी ओलीको व्यवहार, छुचो व्यवहार, अपमान गर्ने, कसैलाई पनि अपमान गर्ने, होच्याउनुपर्ने, आफू बाहेक सबै नराम्रो हुन् भन्ने पार्ने त्यस्तो व्यवहार हुन्छ, त्यसले उहाँसँगै गएकाहरू सधैँभर अपमानित महसुस गर्दछन् । केपी ओली, शेरबहादुर, प्रचण्डको व्यक्तित्व एकै हो नि । हामी एकै हौँ भन्नुपर्छ नि । त्यो नगर्नाले नै यो सबै बिग्रिएको छ । अब केपी ओलीले यो गठबन्धनलाई अन्तिमसम्म टिकाउनुपर्छ र एउटै कम्युनिष्ट पार्टी बनाउनका निम्ति उहाँ लाग्नुपर्छ । केपी ओलीले भुल सुधार गर्नपर्छ । केपी ओलीकै कारण काखमा पुगेका प्रचण्ड फुत्किएर फेरि कांग्रेसतिर जानुपर्ने स्थिति किन सिर्जना भयो भन्दा प्रचण्डको व्यक्तित्वलाई कहिल्यै सम्मान गर्नुभएन । प्रधानमन्त्री भएको बेलामा सबैभन्दा माथिल्लो तहको व्यक्तित्व छ उहाँको भन्ने ठान्नुपर्छ । उहाँ बस्ने कुर्सीमा बस्दिने, आत्मालोचना छैन । व्यक्तित्वमा आघात पुगेपछि कसैले मान्दैन ।' 

उनले कम्युनिष्टहरु एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिने अभिष्ट देखिएको पनि बताए । उनले अहिलेको गठबन्धन बन्नुको प्रमुख कारण प्रधानमन्त्री दाहाल नभई ओली नै रहेको दाबी गरे । उनले भने,' अहिलेको गठबन्धनको प्रमुख कारण प्रधानमन्त्री होइन, केपी शर्मा ओली नै हुन् । उहाँले २०८४ भन्दा पहिला आफूलाई कम्युनिष्टहरुलाई एकताबद्ध गर्दै एउटा शक्तिको रूपमा अघि सार्न चाहनुहुन्छ । त्यसको निम्ति अरूतिर भन्दा त मुख्य पार्टी नेकपा (माओवादी केन्द्र) नै हो एमाले पछि । यी दुई पार्टीलाई एकीकृत गरेर जाँदा नै ०८४ मा एउटा शक्ति आर्जन गर्न सकिन्छ भन्ने मान्यता कमरेड केपी ओलीको हो ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ