arrow

को–को बन्दैछन् मन्त्री ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
pm-office-new-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रमुख तीन दलले मन्त्रालय र जिम्मेवारी बाँडफाँट लगभग टुंग्याएका छन् । जसअनुसार नेकपा एमालेबाट रघुवीर महासेठले भौतिक तथा पुर्वाधार मन्त्रालयसहित सरकारमा सहभागी हुने भएका छन् भने नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ दोहोरिन पुगेका छन् । 

परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित जान लागेका श्रेष्ठसँगै वर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी लिने बुझिएको छ । 

सरकारमा नारायणकाजीसहित तीन जना मन्त्री दोहोरिने भएका छन् । यसअघिको गठबन्धन सरकारमा रहेका ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने मौका पाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित रवि लामिछानेले गृहमन्त्रीको जिम्मेवारी लिने भएका छन् भने शिक्षा मन्त्रालयको जिम्मेवारीमा सुहाना श्रेष्ठ तथा श्रम मन्त्रालयको जिम्मेवारीमा डीपी अर्याल, युवा तथा खेलकुदको जिम्मेवारीमा विराजभक्त श्रेष्ठ जाने भएका छन् ।

यो अनौपचारिक सहमति भए पनि यसले मूर्तता पाउन बाँकी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ