- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुंग्याएको छ । जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाई दोहोर्याउँदै माओवादीले मन्त्रीहरूको नाम टुंग्गाएको हो ।
पुनर्गठित मन्त्रीमण्डलमा नयाँ दुई अनुहार थपिएका छन् । जसअनुसार नारायणकाजी श्रेष्ठ (पराराष्ट्र) र वर्षमान पुन (अर्थ), रेखा शर्मा (सञ्चार), शक्ति बस्नेत (उर्जा) र हितबहादुर तामाङ (मन्त्रालय टुंग्याउन बाँकी) लाई पुनर्गठित मन्त्रिमण्डलमा समेटिने भएको छ ।
प्रचण्डको यो कार्यकालका लागि पुन र तामाङ भने नयाँ अनुहार हुन् ।
सम्भवतः आजै सपथ ग्रहण कार्यक्रम हुनेछ ।