arrow

लोकतान्त्रिक शक्ति एकैठाउँमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
loktantrik-team-congress.jpg

काठमाडौँ । नेपालका लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको भेलामा देउवा, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउत गरी चार पार्टीका प्रमुखहरु सहभागी भएका थिए । 

त्यस्तै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, संस्थापन इतरका प्रमुख डा. शेखर कोइराला सहभागी रहेका थिए । 

भेलाले अहिलेको विषम परिस्थितिमा लोकतन्त्रलाई जोगाउन लोकतान्त्रिक शक्तिहरु एकढिक्का हुनुपर्नेमा जोड दिएको छ । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ गठबन्धनले कम्युनिष्ट घटकहरुलाई एक ठाउँमा समेट्ने प्रयास गरिरहँदा लोकतान्त्रिक शक्तिहरु पनि एक ठाउँमा उभिएका हुन् । 

प्रचण्डले कम्युनिष्टहरु सबैलाई मिलाउनका लागि अप्रत्याशित रुपले वाम लोकतान्त्रिक गठबन्धनलाईे विघटन गरेपछि विभिन्न नाममा चरम उग्रवादीदेखि विभिन्न हैसियत र स्तरका कम्युनिष्ट घटकहरु सबै एक ठाउँमा आइपुगेका बेलामा लोकतान्त्रिक धारका दलहरुसमेत एक ठाउँमा आइपुगेका हुन् । 

प्रचण्डको राजनीतिले तीव्र ध्रुवीकरणमा लैजाँदै गर्दा त्यसलाई प्रतिकार गर्न पनि संगठित शक्तिको महसुस गरी तत्काल लोकतान्त्रिक शक्तिलाई संगठित गर्नका लागि कांग्रेसले अग्रसरता देखाएको हो ।  

सोही अनुरुप सरकारमा जाने निर्णय नगरिसकेका तथा लोकतन्त्रको वकालत गर्दै आएका दलहरु एक ठाउँमा उभिएका हुन् । 

प्रचण्डले बढी महत्वाकांक्षी हुने क्रममा कांग्रेस सम्मिलित सत्ता गठबन्धन तोडेर एमाले र रास्वपा सम्मिलित नयाँ गठबन्धन गरेर एकाएक राजनीतिक माहोललाई बिगारेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ