arrow

भारतसँग गर या मरको खेल खेल्दै नेपाल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
80-11-24.jpg

काठमाडौँ । काठमाडौँमा जारी साफ यू–१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतसँग खेल्दैछ । ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल दिउँसो ३ बजेदेखि शुरु हुने छ।

जारी प्रतियोगितामा बंगालदेशले खेलेका २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै भारत २ खेलमध्ये एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित तेस्रो स्थानमा रहेको छ। 

त्यसैगरी भुटानले भने २ खेलमा दुवै खेलमा हार बेहोरेर अंकविहिन रहेको छ।

अब नेपालले फाइनलमा पुग्न भारतविरुद्धको यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ। यस खेलमा जित बाहेक अन्य नतिजाले नेपाल प्रतियोगिताबाट बाहिर हुने छ।

नेपाल जित्दा फाइनल पुग्नेछ भने भारत बाहिरिने छ । भारतले जित्दा नेपाल बाहिरिने छ र भारत फाइनलमा पुग्नेछ । बराबरीले भने गोल अन्तरमा भारत फाइनलमा पुग्नेछ । 

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३–० ले पराजित गरेको थियो । त्यस्तै भारतले पहिलो खेलमा भुटानलाई ७–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–१ ले हार बेहोरेको थियो।

प्रतियोगितामा अब शुक्रबार बंगलादेश र भुटान खेल्ने छन् भने त्यसपछि शीर्ष स्थानमा रहेका दुई देशले आइतबार फाइनल खेल्ने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ