arrow

भारतीय राजदूत र परराष्ट्र मन्त्री श्रेष्ठबीच भेटघाट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
narayankaji-navin-srivastav.jpg

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । 

मन्त्रालयमा बिहीबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । 

सो अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको प्रवक्ता राईले बताए ।

भेटमा राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ