arrow

भारत सामु लज्जास्पद हारसँगै बाहिरियो नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
u16-saff-nep-ind-2024.jpg

काठमाडौँ । नेपाल घरेलु मैदानमा जारी साफ यू–१६ महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्न असफल भएको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा भारतसँग १०–० को लज्जास्पद हार बेहोरेसँगै नेपाल फाइनलमा पुग्न असफल भएको हो ।

जारी प्रतियोगितामा भारतको यो दोस्रो जित हो । भारतले पहिलो खेलमा भुटानलाई ७–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–१ ले हार बेहोरेको थियो ।

यो जितपछि भारत ३ खेलमा ६ अंक बटुल्दै फाइनलमा पुगेको छ । नेपाल यो लज्जास्पद हारसँगै बाहिरिएको छ । 

साविक विजेता नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३–० ले पराजित गरेको थियो । 

यो हारपछि नेपालको ३ खेलमा ३ अंक रहेको छ । अब समुह चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेशले भुटान खेल्न बाँकी रहे पनि फाइनलमा भारत र बंगलादेश खेल्ने निश्चित भएको छ । 

फाइनल खेल आइतबार हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ