arrow

झापा गोल्डकपको सेमिफाइनल समीकरण पूरा, आयोजक सामु मकवानपुर निरीह

logo
युवराज रेग्मी,  
प्रकाशित २०८० फागुन २४ बिहिबार
jhapa-goldcuup-jhapa-makwanpur.jpeg

झापा । आयोजक झापा ११ फुटबल टिम झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी छैटौँ झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको क्वार्टरफाइनलमा एन्फा मकवानपुरविरुद्ध ५–१ को फराकिलो जितसहित झापा अन्तिम चारमा प्रवेश गरेको हो ।

झापाका लागि आदित्य शाक्य, विदेशी खेलाडी हेरिसन प्रदीप बुढाथोकी, बबिन बोहोरा र आशिष चापागाईंले एक एक गोल गर्न सफल भए  ।

 मकवानपुरले खेलको ७९ औँ मिनेटमा  एक मात्र सान्त्वना गोल गरेको थियो । 

खेलको म्यान अफ द म्याच झापाका समिराज थोकर भए । उनले नगद रु  ११ हजार प्राप्त गरे  ।

योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । झापाले फाइनल प्रवेशका लागि शनिबार चर्च ब्वाइजसँग सेमिफाइनल खेल खेल्नेछ ।

पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ शुक्रबार भिड्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ