arrow

अपाङ्गताका मुद्दा विशेष रूपमा उठाउँछु : सांसद गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २५ शुक्रबार
saraswati-gurung.jpg

पोखरा । कास्की नेत्रहिन संघले अपाङ्गता भएका महिलालाई कानूनी सचेतना, लैङ्गिक समानता, प्रजनन स्वास्थ्य, प्रविधिमा पहुँच र उनीहरूको सशक्तीकरणका लागि गोष्ठी आयोजना गर्यो ।

संघले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर संघले यस्तो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ अनुशासन आयोगका पूर्व केन्द्रीय सदस्य तथा साहारा आधारभूत् विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी र अधिवक्ता भूवन पराजुलीले सहजीकरण गरेका थिए ।

सो अवसरमा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले आफूले अपाङ्गताका मुद्दालाई विशेषरूपमा उठाइरहेको दावी गरिन् ।

उनले आगामी दिनमा पनि आफ्नो तर्फबाट अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने र प्रदेश सरकारसँंग जोड्ने माध्यम भन्ने प्रतिवद्धता जनाइन् ।

प्रेस चौतरी कास्कीका पूर्व अध्यक्ष श्याम कुँवरले आफ्ना कलममार्फत नेत्रहीन संघ कास्कीलाई विगतमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सघाउने प्रतिवद्धता जनाए ।

संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा ३२ जना अपाङ्गता भएका महिला सहभागी थिए ।
कार्यक्रम सञ्चालन संघकी उपाध्यक्ष सुनिता ज्ञवालीले गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ