arrow

दिनानाथको तर्कः शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ गठबन्धन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २५ शुक्रबार
Dinanath_sharm.jpg
तस्बिर – फाइल ।

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिव दिनानाथ शर्माले नेपाली कांग्रेसको व्यवहारले नेपालका वामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सृजना भएको बताएका छन् ।

म्याग्दीको बेनीमा नेकपा (माओवादी केन्द्र) का जिल्ला तथा प्रदेश तहका नेताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले माओवादीको नेतृत्वमा वामपन्थी राजनीतिक शक्तिको सहकार्यलाई दीर्घकालीन बनाउनु राष्ट्रिय आवश्यकता भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा माओवादीका शीर्ष नेताहरुबीच विगतका कमजोरी सच्च्याएर सहकार्य गर्ने समझदारी बनेको पूर्वमन्त्री शर्माले बताए ।

राष्ट्रिय समस्या समाधान, अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माणलाई गति दिने, सुशासन कायम गर्ने तथा शान्ति प्रक्रियाका बाँकी कामलाई प्राथमिकता दिने सहमति भएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ