arrow

आर्मीलाई स्तब्ध पार्दै सशस्त्र झापा गोल्डकपको फाइनलमा 

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० फागुन २५ शुक्रबार
jhapa-goldcup-afp-army.jpeg

झापा । सशस्त्र प्रहरीको विभागीय टोली एपीएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा चार पटकको झापा गोल्ड कप विजेता डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै सशस्त्र फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफ गोलरहित बनेको खेलको दोस्रो हाफमा एपीएफले आर्मीको आत्मघाती गोलमार्फत  फाइनल यात्रा गरेको हो । 
 
खेलको ७०औँ मिनेटमा एपीएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल आत्मघाती भएको थियो । फोफोनाको प्रहार आर्मीका गोल रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टोली सशस्त्र प्रहरीका फोडे फोफोना भए । 

उनले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

शनिबार दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । 

प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताका विजेतालाई रु १३ लाख नगद पुरस्कारसहित ट्रफी र उपविजेतालाई रु सात लाख प्रदान गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ