arrow

राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता : बादल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २५ शुक्रबार
badal2.JPG
तस्बिर – फाइल ।

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले देशमा उत्पन्न राजनीतिक अस्थिरताको उपजका कारण सत्तासमीकरण परिवर्तन भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल गुल्मीले तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता थापाले आर्थिक अवस्था सङ्कटमा पारेको र त्यसबाट देशलाई मुक्त गर्नका लागि पनि गठबन्धनको विकल्प नरहेको बताए ।

नयाँ गठबन्धनले राजनीतिक स्थिरतासँगै, सामाजिक एवं सांस्कृतिक अराजकताकोे सङ्कटपूर्ण अवस्थावाट जोगाउँदै मुलुकलाई समृद्धिको यात्रामा लैजाने प्रमुख प्राथमिकता रहेको बताए ।

नयाँ गठबन्धनले एमालेलाई नयाँ चुनौती र अवसर दुवै प्राप्त भएको भन्दै उपाध्यक्ष थापाले यो गठबन्धनलाई थप बलियो बनाएर लैजानुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ