arrow

चर्च ब्वाइज झापा गोल्डकपको फाइनलमा, उपाधि भिडन्त सशस्त्रसँग 

logo
युवराज रेग्मी,  
प्रकाशित २०८० फागुन २६ शनिबार
jhapa-goldcup-jhapa-church-.jpg

झापा । चर्च ब्वाइज क्लब झापाको बिर्तामोडमा जारी छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक झापा ११ लाई टाइब्रेकरमा हराउँदै चर्च ब्वाइज फाइनलमा पुगेको हो ।

खेलको ९० मिनेटको निर्धारित समयसम्म गोलरहित बराबरी भए पश्चात् खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।

१४ मिनेटको अतिरिक्त समयसम्ममा पनि गोलरहित बराबरी भएपछि टाइब्रेकरमा निर्णय भएको हो ।

टाइब्रेकरमा चर्चब्वाइजले ४–३ को अग्रता कायम गर्दै झापा ११ लाई सेमिफाइनलमा रोकेको हो ।

जितसँगै उपाधिका लागि चर्च ब्वाइजले २८ गते सोमबार सशस्त्र प्रहरीको एपीएफसँग फाइनल भिडन्त तय गर्ने भएको हो । 

शुक्रबार भएको पहिलो सेमिफाइनलमा चार पटकको झापा गोल्डकप विजेता डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै सशस्त्र फाइनलमा प्रवेश गरेको हो ।

चर्च ब्वाइज पहिलो पटक झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । यसअघि झापा ११ पाँचौँ संस्करणसम्म उपविजेता बनेको थियो ।
 
पहिलो पटक झापा ११ सेमिफाइनलबाटै बाहिरिएको हो ।

प्रतियोगिताको विजेतालाई रु १३ लाख नगद पुरस्कारसहित ट्रफी र उपविजेतालाई रु सात लाख प्रदान गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ