arrow

किशुनजीको जीवनबाट सबैले प्रेरणा लिनुपर्छ : उपसभापति खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २६ शनिबार
purna-bdr-khadka-surkhet.jpg

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवनबाट सबैले प्रेरणा लिनुपर्ने बताएका छन् । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश पार्टी कार्यसमितिले निर्माण गर्न लागेको सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति भवनको शिलान्यास गर्दै उपसभापति खड्काले किसुनजीको आदर्श, निष्ठा, अनुशासन र आम नेपाली जनताप्रति समर्पित र अनुशासित हुने व्यवहारको अनुसरण गर्नुपर्ने बताउनुभएको उनको सचिवालयले जनाएको छ । 

“सामाजिक र राजनीतिक जीवनमा समर्पित भएका मानिसहरुको जीवनपद्धति कस्तो हुनुपर्दछ, उनीहरुको आचार र विचार कस्तो हुनुपर्दछ भन्ने कुरा पार्टीका संस्थापकमध्येका एक सन्त नेता किशुनजीबाट हामीले सिक्नु आवश्यक छ”, उनले भने । 

मुलुकको जिम्मेवारी लिँदा कसरी जनताप्रति समर्पित भएर काम गर्नु पर्दछ भन्ने अनुपम, अनुकरणीय उदाहरण किसुनजीले दिएर जानुभएको उनको भनाइ छ ।

उपसभापति खड्काले राजनीतिक जीवनको अधिकांश समय आफूले सन्त नेताकै शिक्षा दीक्षामा जोडिन पाएको खुसी व्यक्त गरे । 

“उहाँकै नाममा भवन निर्माणको सुरुवात गरेको छ”, उनले भने, “कर्णाली प्रदेशको सिङ्गो पार्टी सञ्चालन गर्न र जनताप्रतिको उत्तरदायी हुन यो शुभ अवसरले प्रेरणा दिनेछ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ