arrow

चौथो मेयर कप वडा स्तरीय फुटबलको उपाधि बनेपा ९ लाई

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० फागुन २७ आइतबार
ward-football-banepa.jpg

काभ्रे । बनेपा नगरपालिकामाको आयोजनामा भएको चौथो मेयर कप वडा स्तरीय फुटबल प्रतियोगिता–२०८० को उपाधि बनेपा नगरपालिका वडा नं ९ ले हात पारेको छ । 

बनेपा नगरपालिका ५ स्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयको खेल मैदानमा भएको फाइनल खेलमा बनेपा वडा नं ८ लाई २–१ गोलको अन्तरले पराजित गर्दै वडा ९ ले उपाधि हात पारेको हो । 

उपाधिसँगै वडा नं ९ ले नगद १ लाख , सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं ८ ले नगद ५० हजार, सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । 

विजेता, उपविजेतालगायत पुरस्कृत खेलाडीलाई नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल , प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाई लगायतले पुरस्कार वितरण गरेका थिए ।

बनेपा वडा नम्बर ८ को संयोजनमा फागुन १८ गतेदेखि मेयर कप शुरु भएको थियो । प्रतियोगितामा १४ वटै वडाका टीमहरुले भाग लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ