arrow

वरीयतामा मन्त्रिमण्डल

जसपाले जोगाइदियो रास्वपाका मन्त्रीहरुको ‘ब्याक बेञ्चर’ लाई

उपेन्द्र यादव उपप्रधानमन्त्रीको पुछारमा नवलकिशोर साह सबैभन्दा पुछारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
upendra-oath-80-11-27.jpg

काठमाडौँ । पुनर्गठित मन्त्रिपरिषद्मा जनता समाजवादी पार्टी जसपाका मन्त्रीहरु पछिल्लो वरीयतामा परेका छन् । यसअघि गत बुधबारको वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टीका सबै मन्त्रीहरु पछिल्लो वरीयतामा परेकामा आइतबारको मन्त्रिमण्डल विस्तारमा जसका दुवै जना मन्त्री ब्याक बेञ्चरमा परेका छन् । 

प्रधानमन्त्रीको सिफारिमा राष्ट्रपति कार्यालयले गरेको मौजुदा मन्त्रिपरिषद्को हेरफेरका क्रममा यस्तो अवस्था देखिएको हो । आइतबार नियुक्ति पाएका जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीको वरीयतामा पुछारमा छन् । उनी चौथो नम्बरका उपप्रधानमन्त्री बन्दै समग्रमा पाँचौँ नम्बरमा रहेका छन् । 

उपप्रधानमन्त्रीको रुपमा नियुक्ति पाएका रास्वपाका सभापति रवि लामिछाने उपप्रधानहरुमध्येमा बढुवामा परेका छन् । उनी उपेन्द्र भन्दा अगाडि परेका छन् । उनीभन्दा अगाडि एमालेका रघुवीर महासेठ र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ छन् । 

त्यस्तै बुधबार रास्वपाका अन्य तीन जना मन्त्रीहरुलाईसमेत अन्तिम सूचीमा राखिएकामा आइतबार थप गरिएको मन्त्रिमण्डलबाट उनीहरुको पनि पदोन्नति भएको छ । यसअघि रास्वपाका श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई मर्यादाक्रमको अन्तिममा राखिएको थियो । 

जबकि अर्याल पार्टीका पहिलो वरीयताका उपाध्यक्ष हुन् । एमाले सचिवालयको अन्तिमबाट तेस्रो वरीयतामा रहेका रघुवीर महासेठलाई पहिलो वरीयताको उपप्रधानमन्त्री बनाइएको छ ।

मन्त्रिपरिषद् बैठकमा यही मर्यादाक्रमकै आधारमा मन्त्रीहरुको स्थान निर्धारण हुने गर्छ । यस अर्थमा रास्वपाका मन्त्रीहरु मौजुदा मन्त्रिपरिषद्मा आइतबारअघि ब्याक बेञ्चर बनेका थिए ।

आइतबार जसपाबाट मन्त्री बनेका नवलकिशोर साह सुडी अन्तिम अर्थात् २२ औँ स्थानमा रहेर वन तथा वातावरण मन्त्री भएका छन् । 

मौजुदा मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । अब बढीमा तीन जना राज्यमन्त्री मात्र थप गर्न पाइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ