arrow

कांग्रेस संसदीय दलको बैठक बस्दै, राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार चयन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
congress-party-office-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आइतबार बस्दैछ । बैठक अपरान्ह ४ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागेको पार्टीले जनाएको छ । 

उक्त बैठकमा राष्ट्रिय सभाको अध्यक्षको मंगलबारलाई तय भएको निर्वाचनका लागि उम्मेदवार तय हुनेछ । 

कांग्रेसले गठबन्धन तोडिनुपूर्व अध्यक्ष आफूले पाउनुपर्ने दाबीसहित कृष्णप्रसाद सिटौलालाई अगाडि सारेको थियो । 

गत माघ ११ गतेको निर्वाचनको परिणाम आउनु अगाडिसम्म प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिटौलालाई नै अध्यक्ष दिन राजी भएका थिए । 

तर कोशीमा आफ्नो पार्टीको उम्मेदवार पराजित भएपछि माओवादी भड्किएको थियो । जसका कारण नयाँ गठबन्धन नै भएको छ । 

सोअनुसार माओवादीले आफ्नो उम्मेदवार उठाउने छ भने कांग्रेसले पनि सोहीअनुसार उम्मेदवार उठाउने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ