arrow

एनआरटी बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा, आर्मी बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
budhasubba-army-nrt.jpg

धरान । काठमाडौँको न्यूरोड टिम (एनआरटी) धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो दिनको खेलमा एनआरटीले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ । 

धरान रङशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलको चौथो मिनेटमा त्रिभुवन आर्मीका खेलाडी मानबहादुर आलेमगरले गोल गरेपछि खेला रोमाञ्चक बनेको थियो । 

त्यसपछि खेलको १४औँ मिनेटमा एनआरटीका खेलाडी शिशिर लेखीले पहिलो गोल गरेका थिए । एनआरटीकै अफिज ओलावालेले ६०औँ मिनेटमा गोल गरेर जित सुनिश्चित गरेका थिए ।

आइतबारको खेलको ‘प्येयर अफ द म्याच’ एनआरटीका शिशिर लेखी घोषित हुँदै रु १० हजार पुरस्कार पाए । सोमबारको तेस्रो क्वार्टरफाइनल खेल नेपाल पुलिस क्लब र मोरङ फुटबल सङ्घबीच हुने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ