arrow

यू–१६ महिला साफ च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई, भारत पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
saff-championship-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ । 

सातदोबाटोस्थित एन्फा कप्लेक्समा आइतबार भएको फाइनल खेलमा बङ्गलादेशले पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । 

खेलको निर्धारित समयसम्म दुवै टोलीबाट १–१ गोल बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउट गएको हो । पेनाल्टीमा बङ्गलादेशका लागि मारियम बिन्ता हन्ना, थुनी मर्मा र साथी मुन्डाले गोल गरे । त्यसैगरी सौभरभी अखण्ड प्रीति र अल्पी अख्तर भने गोल गर्नबाट चुके । 

भारतका लागि स्वेता रानी र अन्विता रघुरमानले गोल गर्दा एलिनादेवी सारङ्गथेम, बोनिफिलिया शुल्लई र दिव्यारानी लिन्डाले गोल गर्न सकेनन् । त्यसअघि खेलको चौथो मिनेटमै अनुष्का कुमारीको गोलमार्फत भारतले अग्रता लिएको थियो । 

खेलको ७१औँ मिनेटमा बङ्गलादेशकी मरियम बिन्ता हन्नाले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याएकी थिइन् । 

सङ्घर्षपूर्ण खेलमा गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी सुटआउटमा गएको थियो । प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश र भुटानको सहभागिता थियो ।

साविक विजेता नेपाल भने लिग चरणबाटै बाहिरिएको थियो । नेपालले भुटानलाई हराउँदा भारत र बङ्गलादेशसँग पराजित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ