arrow

इङ्गलिश प्रिमियर लिग उपाधिमा तीन क्लबको टक्कर

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
epl-manutd-everton-24-AP.jpg
तस्बिर–म्यानचेस्टर युनाइटेड र एभर्टनबीचको खेल ।

काठमाडौँ । इङ्गलिश प्रिमियर लिगमा आर्सनल, लिभरपुल र म्यानचेस्टर सिटीले उपाधिका लागि प्रमुख दावेदारी दिएका छन् । 

गएरातिको खेलमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेसँगै उपाधि दावेदारी अझ रोचक भएको हो । लिभरपुलको मैदानमा भएको खेलमा म्यानसिटीले १–१ को बराबरी खेलेको हो ।

खेलको २३ मिनेटमै जोन स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाए पनि ५० औँ मिनेटमा एलेकिसस म्याक एलिस्टरले गोल गरेसँगै खेल बराबरीमा टुंगिएको हो । 

गएरातिका अन्य खेलमा टोटनह्याम हट्सपरले एस्टन भिल्लालाई ४–० ले तथा ब्राइटनले नंिघम फरेस्टलाई १–० ले हरायो । वेष्टह्याम र बर्नलीले २–२ को बराबरी खेले । 

२८ औँ चरणको समाप्तिसम्म उपाधि भिडन्तमा तीन टिम दावेदार देखिएका छन् । आर्सनल र लिभरपुलको समान ६४ अंक छ भने म्यानसिटीको ६३ अंक भएको छ । 

चौथो स्थानको एस्टन भिल्लाको ५५ तथा एक खेल कम खेलेको टोटनह्यामको ५३ अंक छ । छैटौँ स्थानको म्यानचेस्टर युनाइटेडको ४७ अंक छ । 

चेल्सी ३६ अंकसहित ११ औँ स्थानमा छ । लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशन क्षेत्रमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ