arrow

स्पेनिश ला लिगामा रियाल मड्रिडको अग्रता, दोस्रोमा गिरोना र बार्साबीच टक्कर

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
laliga-barca-mallorca-24-af.jpg

काठमाडौँ । स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिडको अग्रता कायमै रहेको छ । २८ औँ खेलको समाप्तिसम्म रियाल दोस्रो स्थानको गिरोना भन्दा ७ अंकले अगाडि छ । 

गिरोनाको ६२ तथा बार्सिलोनाको ६१ अंक छ । दुई टिम दोस्रो स्थानको लागि संघर्ष गरिरहँदा रियाल मड्रिड आरामदायी अवस्थामा रहेको छ । 

चौथो स्थानको एथलेटिको मड्रिड ५५ तथा ५३ अंकबाट पाँचौँ स्थानको एथलेटिक क्लबबीच चौथो स्थानका लागि टक्कर छ । 

काटिज, ग्रानाडा र अल्मेरिया रेलिगेशन क्षेत्रमा छन् ।

शनिबारको खेलमा बार्सिलोनाले मयोर्कालाई १–० ले हरायो । भ्यालेन्सियाले गेटाफेलाई १–० ले, काटिजले एथलेटिको मड्रिडलाई २–० ले तथा रियाल सोसिडाडले ग्रानाडालाई ३–२ ले हरायो । 

आइतबार गिरोनाले ओसासुनालाई २–० ले, डेपोर्टिभो एलाभेसले रायो भाएकानोलाई १–० ले एथलेटिक क्लबले लस पल्मसलाई २–० ले तथा रियाल मड्रिडले सेल्टाभिगोलाई ४–० ले हरायो । 

सोमबार बिहान सम्पन्न खेलमा भिल्लारियलले रियाल बेटिसलाई ३–२ ले हरायो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ