arrow

सशस्त्र र एसएसबीबीच भलिबल, एसएसबीको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
apf-ssb-volleyball-2024.jpeg

सुनसरी । दशगजामा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरी  र भारतीय समकक्षी एसएसबी ४५ बटालियन बिरपुरबीच मैत्रिपूर्ण भलिबल भएको छ । 

सशस्त्र र एसएसबीबीच सुमधुर सम्बन्ध र भातृत्व भाव कायम रहोस् भन्ने हेतुले मैत्रिपूर्ण भलिबल खेल आयोजना गरिएको सशस्त्रले जनाएको छ । सोमबार सुनसरी कोशी गाउँपालिका ६ यादव टोलस्थित नेपाल भारत सहायक सीमा स्तम्भ नं.२०२/१ डब्ल्यूपी ८१ नजिकै दशगजामा उक्त खेल सम्पन्न भएको हो । 

उक्त खेलमा एसएसबी ३-१ ले विजय भएको छ । खेलमा नेपालका तर्फबाट सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित सुरक्षा समितिका अन्य पदाधिकारीहरु, स्थानीय निकाय अन्तर्गत कोशी गाउँपालिका ५ का वडाध्यक्ष तथा भारतर्फबाट जिल्ला सुपौलका सहायक  जिल्ला अधिकारी (डीएम) निरज कुमार, एसएसबी ४५ बटालियनका कमाण्डेण्ट गौरभ सिंह, बिरपुर नगरपंचायतका वडा प्रमुखहरु, दुवै देशका पत्रकारहरुलगायतको सहभागीता थियो । 

खेल हेर्न करिब १६० जना उपस्थित थिए । स्थानीय सीमाबासीहरुको समेत उपस्थितिमा ऐतिहासिक रुपमा यस्तो खेलकुद कार्यक्रम संचालन भएको सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । 

सीमाबासीसँग सशस्त्र प्रहरी बल नेपाल कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेडक्वार्टर सुनसरीले विविध गतिविधिहरु संचालन गर्दै आइरहेको छ । सोही क्रममा यस अघिनै सीमा पैदल यात्रा तथा अन्तर्क्रिया कार्यक्रम,संयुक्त सीमा गस्ति, सीमा स्तम्भहरुको मर्मत संभार तथा रंगरोगन कार्यक्रम संचालन भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ