arrow

पोर्चुगलको निर्वाचनमा कुनै दलको बहुमत आएन, एडीलाई लोकप्रिय मत

logo
दीपक भण्डारी, 
प्रकाशित २०८० फागुन २८ सोमबार
portugal-election-2024-AP.jpg

पोर्चुगल । आइतबार भएको पोर्चुगलको मध्यावधि संसदीय चुनावमा कुनै पनि दलको स्पस्ट बहुमत आएन । वर्तमान सत्तारूढ सोसलिस्ट पार्टी (पीएस) ले आफ्नो पुरानो बहुमत गुमाउँदै पराजित भएको हो । 

जम्मा २३० सिटका लागि भएको चुनावमा कुनै पनि दलले स्पस्ट बहुमत ल्याउन सकेनन् । प्रमुख विपक्षी गठबन्धन डेमोक्रेटिक एलायन्स (एडी) लोकप्रिय मतका साथ पहिलो शक्तिको रूपमा अगाडि आएको छ भने अति दक्षिणपन्थी पार्टी सेगा संसदमा तेस्रो पार्टीको रुपमा उदाएको छ । 

यस पटकको निर्वाचनमा अघिल्लो सन् २०२२ मा भएको चुनाव भन्दा बढी मत खसेको छ । यो पटकको निर्वाचनमा लगभग ६६.२४ प्रतिशत मत खसेको छ भने अघिल्लो सन्  २०२२ को चुनावमा ५१.५ प्रतिशत मात्र मत खसेको थियो । 

विपक्षी डेमोक्रेटिक एलायन्सले यस पटकको संसदीय चुनावमा बहुमतका साथ पहिलो स्थानमा पुग्ने अनुमान गरिएको थियो तर मतगणनाको परिणामले ठूलो लाभ अति दक्षिणपन्थीहरूले उठाएका छन् ।

सन २०२२ मा पहिलो पटक जम्मा ७.२ प्रतिशत मात्रै प्राप्त गरेको अति दक्षिणपन्थी सेगा पार्टीले यस पटक लगभग १९ प्रतिशत भोटका साथ तेस्रो शक्तिको रुपमा स्थापित भएको छ।  

कडा अध्यागमन नीतिको पक्षधर यो पार्टी आप्रवासीप्रति विपक्षमा रहेको पाइन्छ । विपक्षी डेमोक्रेटिक एलायन्सले २९.८ प्रतिशत मत प्राप्त गरेको छ भने सत्तारुढ सोसलिस्ट पार्टीले २८.७ प्रतिशत मत प्राप्त गरेको छ ।

यस पटकको परिणाम अनुसार स्पष्ट रूपमा पोर्चुगिजहरू विपक्षी गठबन्धन एडी र अति दक्षिणपन्थी पार्टी सेगा बीचको गठबन्धन सरकार चाहन्छन् भन्ने सहज अनुमान गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ