arrow

झापा गोल्डकपको उपाधि चर्च ब्वाइजलाई, फाइनलमा सशस्त्र निरीह

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० फागुन २८ सोमबार
jhapa-goldcup-apf-church.jpg

झापा । अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड एफसीले जितेको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार साँझ सम्पन्न फाइनलमा सशस्त्र प्रहरीको एपीएफलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले उपाधि जितेको हो ।

एकतर्फी खेल खेलेको चर्चका लािग खेलको १२ औँ मिनेटमा अवयोमि ओलुवासिओन फाकुन्लेले गोल गर्दै अग्रता दिलाएका थिए । ६६ औँ मिनेटमा फाकुन्लेले पुनः गोल गर्दै टिमलाई जित नजिक पुर्याए । 

८७ औँ मिनेटमा राजेश परियारले गोल गर्दै टिमलाई जित दिलाए । परियारले फाकुन्लेको पासमा उत्कृष्ट तरिकाले बललाई जाली चुमाएका थिए ।

निरीह बनेको सशस्त्रले १८ औँ मिनेटमा अनिश महर्जनले बराबरी गोल गर्ने मौका पाए पनि गोल गर्न चुकेका थिए  ।

जितसँगै चर्च ब्वाइजले १३ लाख रुपैयाँ र उपविजेता बनेको एपीएफले सात लाख रुपैयाँ प्राप्त गरेको छ ।

 प्रतियोगितामा १० टोली सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ