arrow

च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा हुँदै, आर्सनल र बार्सिलोना छानिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
barcelona-napoli-cl-AP.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर क्बल आर्सनल र स्पेनिश ला लिगा क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् ।

मंगलबार राति सम्पन्न राउण्ड अफ १६ को पेनाल्टी सुटआउटमा निर्णायक खेलमा पोर्चुगिच क्लब पोर्टोलाई ४–२ ले पराजित गर्दै आर्सनल अन्तिम आठमा पुगेको हो ।

यसअघि निर्धारित ९० मिनेटको समयमा आर्सनलले १–० को जित निकालेपछि पहिलो लेगमा पोर्टो १–० ले विजयी भएको आधारमा नतिजा १–१ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा खेलिएको थियो ।

अतिरिक्त समयमा दुवै क्लबले कुनै गोल नगरेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

त्यस्तै बार्सिलोनाले मंगलबार राति नै सम्पन्न राउण्ड १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले पराजित गर्दै समग्रमा ४–२ को नतिजासहित च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।  

योसँगै अहिलेसम्म आर्सनल र बार्सिलोनासहित, पीएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियाल मड्रिड यस सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगिसकेका छन् । 

बुधबार राति एथलेटिको मड्रिड र इन्टर तथा बोरुसिया डर्टमन्ड र पीएसभी आइन्डहोभन भिड्दै छन् । 

यी खेलसँगै क्वार्टरफाइनल समीकरण पूरा हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ