arrow

एमालेको कोटाबाट बनेका तीन प्रदेश प्रमुखले खाए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
sapath.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति कार्यालय आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट, मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी थिए ।

सरकारले विश्वासको मत नलिँदै प्रतिपक्ष नेपाली कांग्रेसकाे कोटामा बनेकाहरुलाई हटाएर एमालेको कोटामा तीन जनालाई प्रमुख नियुक्त गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ