arrow

सैन्य विमान दुर्घटनामा १५ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
russia-ukraine-2023-08-30.jpg

काठमाडौँ ।  द न्युयोर्क पोस्टले रिपोर्ट गरे अनुसार मङ्ललबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

न्युयोर्क पोस्टले रूसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि  आइएल-७६  विमान जङ्लमा खसेको जनाएको छ ।  

सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रु सहित १५ जना थिए । अझैसम्म यात्रुहरूको परिचय तथा गन्तव्य भने स्पष्ट हुन सकेको छैन ।

न्युयोर्क पोस्टले टेलिग्राम च्यानल-११२ मा सप्रेषण गरिएको फुटेजमा विमानको एउटा इन्जिनमा आगो लागेको र तीव्र गतिमा उचाइ गुमाएको देखाइएको रिपोर्ट गरेको छ ।

अनलाइन समाचार माध्यामहरूले दुर्घटनामा पर्ने सबैको मृत्यु भएको रिपोर्ट गरेका छन् ।

“मस्कोको स्थानीय समयअनुसार दिउसो एक बजे  एक आइएल-७६  सैन्य यातायात विमान इभानोवो क्षेत्रमा निर्धारित उडानको लागि टेकअफ गर्दा दुर्घटनाग्रस्त भएको राज्यद्वारा सञ्चालित तास समाचार एजेन्सीले उद्धृत गरेको छ ।

इन्जिनमा आगलागी लागेका कारण दुर्घटनाको भएको मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । ‘सेभर्नी’ शिविरबाट विमानले उडान भरेलगत्तै इन्जिनमा आगो लागेको विज्ञप्तिमा उल्लेख छ । 

चालकहरूले आपतकालीन अवतरणका लागि एयरफिल्डमा फर्कने प्रयास गरेपनि उनीहरूको उक्त प्रयास सफल नभएको मन्त्रालयले जनाएको छ । 

टेलिग्राम च्यानल-११२ ले जनाएअनुसार बोगोरोड्स्को गाउँ बाहिरको चिहान नजिकैको जङ्लमा दुर्घटना हुनुअघि जलिरहेको विमानलाई आवासीय क्षेत्रभन्दा बाहिर निकाल्न चालकदल सक्षम भएको थियो । 

यो दुर्घटना यो वर्षको दोस्रो आईएल- ७६ दुर्घटना हो । सन् २०२४ को जनवरी २४ मा युक्रेनी सशस्त्र बलले ६५ युक्रेनी युद्धबन्दीसहित ७४ जना यात्रु बोकेको विमान खसाल्दा सबैको मृत्यु भएको रूसी समाचार संस्था तासले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ