arrow

च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा, एथ्लेटिको र डर्टमण्ड अन्तिम आठमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
champions-league-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एथ्लेटिको मड्रिड र बोरुसिया डर्टमण्ड यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् ।

बुधबार राति सम्पन्न राउण्ड १६ को दोस्रो लेगमा एथ्लेटिको मड्रिडले इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा एथ्लेटिकोले २–१ को नतिजा निकालेपछि खेल समग्रमा २–२ गोलको बराबरी भएको थियो । राउण्ड १६ को पहिलो लेगमा इन्टर मिलान १–० ले विजयी भएको थियो ।

त्यसपछि ३० मिनेटको अतिरिक्त समय खेलाइएकोमा सो समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

त्यस्तै बुधबार राति नै सम्पन्न अर्को खेलमा बोरुसिया डर्टमण्डले पीएसभी आइन्डहोभनलाई २–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–१ को जित हासिल गर्दै क्वार्टरफाइनलमा पुगेको हो । पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो । 

योसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलमा एथ्लेटिको, टर्टमण्ड, आर्सनल, बार्सिलोना, पीएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियाल मड्रिड पुगेका छन् । 

क्वार्टरफाइनलको ड्र शुक्रबार हुने यूईएफएले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ