arrow

देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्छ - चन्द्र भण्डारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
chandra-bhandari.jpg

काठमाडौँ ।नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्ने आवश्यकता भएको बताएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

 उनले बहुदल ल्याएको ३४ वर्षसम्म पनि कुनै नेताले मुलुकको विकासका लागि नसोचेको बताए । उनले वादेवादे जायते तत्वबोध भन्ने कुरामा विश्वास गरेको पार्टी कांग्रेसले संसद बन्द गर्नु नहुने बताए ।

उनले भने, ‘क्रस पार्टीहरूसँग पनि सरसल्लाह गरेर हामी अब नयाँ तरिकाबाट मुलुकलाई अघि बढाउने काममा जाँदै छौँ । जसले वादेवादे जायते तत्वबोध भन्ने कुरामा विश्वास गरेको छ, त्यो पार्टीले संसद बन्द गर्नु हुँदैन । सिद्धान्त तः सदन बन्द गर्नु गलत हो । लोकतान्त्रिक शक्तिले सदन बन्द गर्नु हुँदैन । ३४ वर्ष भयो हामीले बहुदल ल्याएको यो समयमा कुनै पनि नेताले मुलुकको बारेमा सोचेन । चिन्ता गरेन । जबसम्म अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन सक्दैनौँ तबसम्म मुलुक समृद्ध हुन सक्दैन ।’

उनले अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन नसकेसम्म देश समृद्ध हुन नसक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ