arrow

आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
pokhara-valley-city.jpg
तस्बिर – फाइल ।

पोखरा । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने मिति तय भएको छ । यही चैत ४ गते आइतबार पर्यटकीय राजधानी घोषणा हुने पोखरा महानगरपालिकाले जनाएको छ । 

पर्यटकीय राजधानी घोषणासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी हुने बताइएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त्त आयोजनामा गर्न लागिएको घोषणा कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको आयोजकको भनाइ छ । घोषणा कार्यक्रम अगाडि र्‍यालीसमेत आयोजना गरिनेछ ।

चैत्र ४ गते बिहान सवा १० बजे बसुन्धरापार्कबाट र्‍याली सुरु भइ सवा ११ बजे बाराहीघाटमा पुगेपछि ‍औपचारिक कार्यक्रम आयोजना हुनेछ ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र यस वरपरका पालिकाहरू तथा संघसंस्थाको संयुक्त पहलकदमीमा पोखरा पर्यटनको राजधानी घोषणा हुने निश्चित भएको बताइएको छ ।

पर्यटकीय राजधानी घोषणाको तयारीसँगै यस पक्ष र विपक्षमा बहस तीव्र छ । योसँगै पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । राजाधनी घोषणामा हतारो गरेको भन्दै आलोचनासमेत भइरहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको, बसपार्क नबनेको अवस्थामा पर्यटकीय राजधानी घोषणा व्यर्थ हुने भन्दै आलोचना भइरहेको हो ।

यस विषयमा पोखराका गणेश छवि लेख्छन्, ‘खाने को भन्दा फाल्ने मा ध्यान दिनुपर्यो । सबभन्दा महत्वपूर्ण बिषय भनेको सार्वजनिक शौचालयको व्यवस्था भएको छैन । निःशुल्क शौचालयको व्यवस्था गर निःशुक्ल पार्किङ गरे जस्तो । प्रत्येक चोकचोकमा सूचना बोर्ड छैन । बाहिरको व्यक्ति आएर अलमल पर्छ । एउटा पनि सूचना बोर्ड छैन । हतारमा नाम राखेर केपी ओलीको घरहरा जस्तो नहोस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ