arrow

विश्वकप छनोट खेल्ने नेपाली टिमको मलेसियासँग लज्जास्पद हार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३ शनिबार
nepal-football-80-12-03.jpg

काठमाडौँ । नेपाल अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा मलेसियासँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा नेपाल मलेसियासँग ५–१ गोल अन्तरले पराजित भएको हो ।

यस खेलमा नेपालका लागि समीर तामाङले एक मात्र गोल गरेका थिए । अभ्यासका लागि खेलाईएको यस खेल ३५ मिनेटको चार वटा भागमा खेलाइएको थियो । 

यो हारपछि अब नेपाली राष्ट्रिय फुटबल टिम फिफा विश्वकप छनोट खेलका लागि बहराइन प्रस्थान गर्नेछ ।

बहराइनसँगको दुई मध्ये एक खेल काठमाडौँस्थित दशरथ रंगशालामा हुनुपर्नेमा दशरथ रंगशाला खेल्नका लागि अयोग्य भएका कारण दुवै खेल बहराइनमा हुने भएका छन् ।

नेपालले पहिलो खेल ८ गते बिहीबार र दोस्रो खेल १३ गते मंगलबार खेल्नेछ । दुवै खेल बहराइनको नेशनल स्टेडियममा हुने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ